काठमाडौं । जगदम्बा मोटर्स प्रालि अन्तर्गत सञ्चालन भएकोे इलेक्ट्रिक सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले विशेष एक्सचेन्ज अफर सञ्चालन भएको छ । नोभेम्बर २१ देखि चलेको उक्त एक्सचेन्ज कार्यक्रमको तय मिति भन्दा थप एक दिन बढाईएको छ । काठमाडौँको ज्ञानेश्वरस्थित एटीकमा भईरहेको एक्सचेन्ज अफर नोभेम्बर २४ सम्म चल्नेछ ।
चार दिनसम्म चल्ने उक्त कार्यक्रममार्फत विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकलाई प्रोटोन ईमासका प्रमुख विशेषता, सेवा सुविधा र उपलब्ध अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ । एक्सचेन्ज अफरको मूल्य रु ४६।९९ लाख बाट सुरु हुनेछ ।
प्रोटोन ईमास ७ मा १६० किलोवाट मोटर पावर, १८० मिमी ग्राउण्ड क्लिरेन्स, र एनइडिसी रेञ्ज ४९२ र ५८५ किलोमिटर रहेको कम्पनीले उल्लेख गरेको छ। उन्नत सुरक्षात्मक प्रणाली र प्रिमियम डिजाइन सुविधासहित यस इभीको लम्बाइ ४६१० मिमी रहेको छ ।



Comments are closed.