प्रदेश १ सरकारले द्वन्द्वकाल र जनआन्दोलनका शहीदका परिवारलाई १ लाख दिने

काठमाडौं ।  प्रदेश नम्बर १ सरकारले प्रदेश १ का स्थायी बसोबास गर्ने द्वन्द्वकाल र जनआन्दोलनका शहीदका परिवारलाई १ लाख दिने भएको हो ।

प्रदेश सरकारले द्वन्द्वकाल, मधेस आन्दोलन, दोस्रो जनआन्दोलन र आदीवासी जनजाति आन्दोलनमा परि शहीद भएका व्यक्तिका परिवारलाई १ लाख पैसा दिन लागेको हो ।

प्रदेश सरकारले ल्याएको चालू आर्थिक वर्षको प्रदेश १ को बजेटमा जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी जनजाती आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने परिवारलाई रकम उपलब्ध गराउने उल्लेख रहेको र सोही अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यविधि समेत तयारी पारिसकेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा यसका लागि ३० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गर्न आह्वान गरिएको छ ।

प्रदेश १ नं का सबै जिल्ला प्रशासन कार्यालयबाट निवेदन लिने र रकम पठाउने कार्य हुने मन्त्रालयले जानकारी दिएको छ ।प्रदेश १ मा हाल १४ वटा जिल्ला प्रशासन कार्यालय रहेका छन् । कार्यविधिअनुसार संघ र स्थानीय तहबाट यस्तो सुविधा लिइसकेको भए पनि दोहोरो भुक्तानी लिन पाइने उल्लेख छ ।न्युज कारखाना

 

lcci
You might also like

Comments are closed.