फक्सवागनको वितरक पूजा इन्टरनेसनलको नयाँ सोरुम नक्सालमा

काठमाडौं ।  नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले नक्सालमा पनि नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।

ग्राहकको बढ्दो मागलाई मध्यनजर गर्दै पूजा इन्टरनेसनलले  काठमाडौं नक्सालमा ५ तारे अत्याधुनिक सुविधासम्पन्न सोरुम आजबाट सञ्चालनमा ल्याएको हो ।

जर्मनीका राजदूत थामस प्रिज, मालीगाउँ प्रहरी चौकीका प्रहरी नायव उपरीक्षक मीनबहादुर कुँवर, विशाल अग्रवालको उपस्थितिमा उक्त सोरुम उद्घाटन गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रमा बोल्दै पूजा  इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत विवेक विजुक्छेले भने ‘नक्सालमा जर्मनीको जस्तै अत्याधुनिक सुविधासम्पन्न सोरुम खोल्न पाउँदा निकै खुसी छौं । यो सोरुमले ग्राहकलाई फक्सवानको गाडी खरिद गर्न अझ सजिलो बनाउने छ ।’

सोरुमबाट आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षक अफर पनि ल्याएको विजुक्छेले जानकारी दिए । उनका अनुसार दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकलाई फ्री सर्भिसिङ र free consumables पाउनेछन् ।

नेपालमा फक्सवानका १० भन्दा बढी र ९ वटा सर्भिस सेन्टर सञ्चालनमा  छन् ।

You might also like

Comments are closed.