बिर्तामोड । नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले झापाको बिर्तामोडमा पल्सर एन१२५को बहुप्रतीक्षित सार्वजनिक कार्यक्रम आयोजना गर्दैछ ।
बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमका लागि परिचित छ । यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै नयाँ पल्सर एन १२५ को लञ्च संगीतमय साँझमार्फत गरिँदैछ । जेठ ६ गते साँझ ६ः३० बजेदेखि खड्का कम्प्लेक्स बिर्तामोडमा हुन गइरहेको यस कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ ।
कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल, कमल खत्री, र वाइबा उर्गेन १६ को लाइभ प्रस्तुति रहनेछ । कार्यक्रमको सञ्चालन एम्सी अनु मानन्धरले गर्ने बताइएको छ । कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर एन१२५ हो । जसमा १२४.५८ सिसि एयर–कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ । जसले ८.८२ किलोवाट पावर र ११ एनएम टर्क उत्पादन गर्दछ । यो १२५ सिसि सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका मार्केटिङ प्रमुख अमितराज चालिसेले एन १२५ लाई बिर्तामोडमा ल्याउन पाउँदा खुशी लागेको बताउँदै ठूलो संख्यामा दर्शक र राइडरको उपस्थिति रहने जनाए ।
Comments are closed.