पल्सर र बक्सरलाई इलेक्ट्रिक भेरिएन्टमा ल्याउने तयारी

काठमाडौं । बजाज अटोले आफ्ना दुई लोकप्रिय मोडल पल्सर र बक्सरलाई इलेक्ट्रिक भेरिएन्टमा ल्याउने तयारी गरेको छ ।

चेतक ई–स्कुटरको सफलतापछि कम्पनीले इलेक्ट्रिक दुई पाङ्ग्रे क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्ने योजना सार्वजनिक गरेको हो ।कम्पनीले चेतकको थप भेरिएन्ट, नयाँ इलेक्ट्रिक मोटरसाइकल र अन्य इलेक्ट्रिक सवारी साधन बजारमा ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ ।

बजाज पहिले नै आईसीई स्कुटर क्षेत्रबाट बाहिरिएको भएपनि चेतक ई–स्कुटरमार्फत इलेक्ट्रिक क्षेत्रमा पुनःप्रवेश गरिसकेको छ । अब कम्पनीले इलेक्ट्रिक मोटरसाइकल खण्डमा प्रवेश गर्दैछ, जुन चेतक र तीन पाङ्ग्रे इलेक्ट्रिक सवारी साधनबीचको हो ।

अफ्रिका बजारमा बक्सरको राम्रो माग रहेको छ भने पल्सर भारत र नेपालमा निकै लोकप्रिय छ । यी दुवै मोडललाई इलेक्ट्रिक भेरिएन्टमा ल्याएर बजाजले राम्रो सुरुवात गर्ने विश्वास व्यक्त गरेको छ ।

You might also like

Comments are closed.