पियोर इभीको शोरुम देशभर बिस्तार गर्दै ह्वाइट लोटस मोटर्स

काठमाडौं । भारतीय इलेक्ट्रिक ब्राण्ड पियोर इभीका स्कुटरका लागि नेपालको आधिकारिक बिक्रेता ह्वाइट लोटस मोटर्स प्रा.लि.ले देशभर डिलर बिस्तार गर्ने भएको छ । काठमाडौंको नक्साल र बबरमहलमा आफ्नै शोरुम स्थापना गरेको प्रा.लि.ले काठमाडौंको भक्तपुरमा डिलर सम्झौंता गरिसकेको छ ।

देशभरका ग्राहक माझ सहज रुपमा स्कुटर पुर्याउने उद्देश्यले काठमाडौं बाहिरका मुख्य शहरमा पनि प्रा.लि.ले डिलर माग गरेको प्रवन्ध निर्देशक अशोक खड्गीले जानकारी दिए । बिर्तामोड, दमक, इटहरि, बिराटनगर, धरान, जनकपुर, बनेपा, नारायणगढ, पोखरा, बुटवल, भैरहवा, दाङ, नेपालगञ्ज, सुर्खेत, टिकापुर, धनगढी, कोहलपुर र महेन्द्रनगरका लागि कम्पनीले डिलर आह्वान गरेको हो ।

टेकु, महाराजगञ्ज, धापासी, जावलाखेल, चुच्चेपाटी, बनेपाका लागि पनि प्रा.लि.ले डिलर आह्वान गरेको छ । डिलर फाइनल गरी पियो इभी स्कुटरलाई देशभरको बजारमा छिट्टै पुर्याउने कम्पनीले जनाएको छ । प्रा.लि.ले पियोर इभीको इप्लुटो ७ जि र इट्रान्स नियो ब्राण्डको स्कुटर नेपाली भित्र्याएको हो ।

भारतको हैदराबादमा निर्मित अत्याधुनिक प्रविधियुक्त इलेक्ट्रिक स्कुटर नेपाली बजारमा लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ । ११६ किमीसम्म एक चार्चमा चलाउन सकिने, ३ वर्ष अथवा ४० हजार किमीसम्मको वारेन्टी भएको पियोर इभी स्कुटर खरिद गर्दा बैंकहरुबाट सहज फाइनान्स सुविधा उपलब्ध हुने खड्गीले जानकारी दिए ।

स्कुटर खरिद गर्दा विशेष छुट
jutta mela

कम्पनीले अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी विशेष छुटसहितको अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत स्कुटर खरिद गर्दा १५ हजार रुपैयाँ नगद छुट र एसेसरिजमा १० हजार रुपैयाँ छुट प्रदान हुनेछ । ‘यो छुटले ग्राहकहरु लाभान्वित हुने हामीले विश्वास लिएका छौं,’ खड्गीले भने । छुट अफर जनवरीसम्म लागु हुनेछ ।

पियोर इभी स्कुटर नेपाली सडक र हावापानी सुहाउने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । इप्लुटो ७ जिको मूल्य २ लाख ४९ हजार रुपैयाँ र इट्रान्स नियाको मूल्य २ लाख २९ हजार रुपैयाँ तोकिएको छ ।

र यो पनि,

पियोर इभीका इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार बराबरको छुट

You might also like

Comments are closed.