पोखरा महानगरका प्रमुखको स्वकिय सचिवमा पूर्णबहादुर लामा नियुक्त

पोखरा । एकीकृत समाजवादीका युवा नेता पूर्णबहादुर लामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका स्वकिय सचिवमा नियुक्त भएका छन् । लामालाई आज प्रमुख आचार्यको सचिवालय प्रमुखमा नियुक्त गरिएको हो ।

विगत लामो समयदेखि सक्रिय राजनीतिमा आवद्ध लामा यसअघि नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का सचिव थिए ।

आँगन वहुउद्देश्यीय सहकारी संस्था लि. पोखराका अध्यक्षसमेत रहेका लामा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् कास्कीका पूव सचिव, नमो बुद्ध साँस्कृतिक युवा क्लव सैमाराङका पूर्व अध्यक्षसमेत हुन् ।

You might also like

Comments are closed.