अब क्युएफएक्सको टिकट सिधैँ इसेवा एपबाटै

काठमाडौं । इसेवाले आफ्ना प्रयोगकर्ताका लागि मनोरञ्जनको अनुभवलाई थप सहज बनाउन चलचित्र टिकट बुकिंग सेवालाई अझ परिष्कृत गर्दै चलचित्र टिकट बुकिंग सेवामा सुधार गरेको छ । अब प्रयोगकर्ताले क्युएफएक्स सिनेमाका चलचित्र टिकटहरू सिधँै इसेवा एपभित्रबाटै बुक गर्न सक्नेछन् । यसले टिकट बुकिङ प्रक्रियालाई सरल, छिटो र सुरक्षित बनाउनेछ ।

के हो यो नयाँ सुविधा?
यो नयाँ प्रविधिले चलचित्रका पारखीलाई घरमै बसीबसी वा जुनसुकै ठाउँबाट पनि मनपर्ने चलचित्रको टिकट काट्न अझै सहज बनाएको छ । अब तपाईंले इसेवा एप खोलेरै, मनपर्ने सिनेमा हल र शो टाइम छान्नुहोस्, सिट सुरक्षित गर्नुहोस् र तत्कालै भुक्तानी गरेर आफ्नो टिकट प्राप्त गर्न सकिनेछ ।
इसेवाका प्रमुख रणनीति अधिकृत रबि शाक्यले क्युएफएक्ससँगको यो सहकार्यले नेपाली डिजिटल भुक्तानी र मनोरञ्जन उद्योग दुवैका लागि एउटा महत्त्वपूर्ण कदम रहेको बताए । क्युएफएक्सका महाप्रबन्धक तृप्ति गिरीले हाम्रा दर्शकलाई उत्कृष्ट सिनेमा अनुभव दिन प्रतिबद्ध रहेको जनाए ।

कसरी गर्ने टिकट बुक?
१.आफ्नो इसेवा एप खोल्नुहोस् ।
२.होम स्क्रिनमा रहेको Movies आइकनमा ट्याप गर्नुहोस् ।
३.क्युएफएक्स सिनेमा छान्नुहोस् ।
४.आफूले हेर्न चाहेको चलचित्र, हल र शो टाइम रोज्नुहोस् ।
५.खाली सिटहरूमा ट्याप गरी आफ्नो मनपर्ने सिट छान्नुहोस् ।
६.अब Proceed बटन थिची भुक्तानी गर्नुहोस् ।
भुक्तानी सफल भएपछि तपाईंको टिकट माई टिकेट भित्र एपमै प्राप्त हुनेछ ।

इसेवा सधैँ डिजिटल भुक्तानीलाई अझै सरल र सुरक्षित बनाउन प्रयासरत छ । क्युएफएक्ससँगको यो सहकार्यले नेपाली दर्शकलाई मनोरञ्जनको क्षेत्रमा पनि एक उत्कृष्ट डिजिटल अनुभव दिने विश्वास लिएका छौँ ।

चलचित्र हेर्ने योजना बनाउँदै हुनुहुन्छ ? अब इसेवा एप खोलेर आजै आफ्नो मनपर्ने सिनेमाको टिकट सजिलै बुक गर्नुहोस् र डिजिटल सुविधा सहितको मनोरञ्जनको आनन्द लिनुहोस् ।

You might also like

Comments are closed.