रास्वपाको पूर्वनिर्धारित कार्यक्रम स्थगित

 

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित भएका छन् । पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछानेको नागरिकताको विषयले सांसद र उपप्रधान तथा गृहमन्त्रीको पद र राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष रहनबाट समेत बञ्चित भएपछि संगठन विस्तारको पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ ।

सर्वोच्च अदालतले रविको नागरिक अबैद्य भएकोले तीन वटै पद खारेज हुने फैसला सुनाएपछि आन्तरिक छलफलमा जुटेको रास्वपाले माघ १४ देखि सबै प्रदेशमा शुरु हुने भनिएको बैठक र संगठन विस्तारको काम तत्कालको लागि स्थगीत गरिएको महामन्त्री डा. मुकुल ढकालले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

You might also like

Comments are closed.