प्रेमप्रसाद आचार्यको आत्मदाहको निर्णयमा हामी दोषी छौं : गृहमन्त्री लामिछाने

काठमाडौं ।  उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रेमप्रसाद आचार्यको आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको यसमा आफूहरू दोषी रहेको बताएका छन्।साथै उनले नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईँमा आशा जगाउन नसकेको बताएका छन् ।

उनले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लख्दै भनेका छन्, ”एउटा नागरिकले आत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं।मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो। दुस्ख त मलाई यसमा लागेको छ कि हामीजस्ता नयाँहरूको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु।प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईँमा आशा जगाउन सकेनौँ, हामीलाई माफ गर्नुहोला। तपाईंको आत्माले चीर शान्ति पाओस् ,परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।”

मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका आचार्यको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ।

jutta mela

You might also like

Comments are closed.