हकप्रद निष्कासन गर्ने राधी विद्युत् कम्पनीको तयारी

 

काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले प्रतिसेयर १ सयका दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद सेयर निष्कासन गर्ने जानकारी दिएको छ ।

कम्पनीलाई विद्युत नियमन आयोगले हकप्रद निष्कासनको लागि पूर्व स्वीकृति प्रदान गरिसकेको छ। हालको आयोजनाको ऋण तिर्ना र ४५ मेगावाटको नयाँ आयोजनामा लगानी गर्ने उद्देश्यले कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ दशमलव ४७५२ को अनुपातमा अर्थात् १४७ दशमलव ५२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

jutta mela

राधी विद्युतले हकप्रद निष्कासनको लागि मुक्तिनाथ क्यापिटललाई जिम्मेवारी दिएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि अनुमति माग्दै वैशाख २८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

You might also like

Comments are closed.