श्रीलंका र डेनमार्कका लागि राजदुतको नाम सर्वसम्मतले अनुमोदन

 

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित राजदुतहरुको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।

आज बसेको समितिको बैठकले श्रीलंकाका लागि नेपाली राजदुत वासुदेव मिश्र र डेनमार्कका लागि राजदुत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

jutta mela

प्रस्तावित राजदुतद्वय मिश्र र रायविरुद्ध परेको उजुरी औचित्यहीन भएकोले समितिले सर्वसम्मत राजदुतको नाम अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए ।

समितिले यसअघिनै विभिन्न १८ देशका लागि सरकारद्वारा प्रस्तावित राजदुतहरुको नाम अनुमोदन गरिसकेको छ ।

You might also like

Comments are closed.