विश्वासको मत नपाएपछि एक महिनामै ढल्यो सुदूरपश्चिम सरकार, मुख्यमन्त्री रावल पदमुक्त

काठमाडौं । विश्वासको मत नपाएपछि सुदूरपश्चिम सरकार एक महिनामै ढलेको छ । गत पुस २७ गते सरकार बनाउँदा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि सुदूरपश्चिम सरकार ढलेको हो।

रावलले प्रदेश सभामा पेश गरेको विश्वासको प्रस्ताव अस्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरेका छन्। ध्वनि मतमार्फत विश्वासको प्रस्तावमा मत विभाजन भएको थियो। तर विश्वासको मतको प्रस्तावको छलफलको विपक्षमा धेरै मत देखिएपछि रावल नेतृत्वको सरकार ढलेको हो।

नागरिक उन्मुक्तिले विश्वासको मत नदिइ तटस्थ बसिदिएपछि मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज प्रदेशसभा बैठकमा सम्बोधन गरेका थिए। उनको विश्वासको मतमाथिको प्रस्तावलाई छलफलका लागि गरेको प्रस्ताव ध्वनि मतले अस्वीकृत भएको हो।

रेशम चौधरीलाई छाड्नुपर्ने नागरिक उन्मुक्ति पार्टीको अडानका कारण रावल अल्पमतमा परेका हन्। रावल २७ पुसमा मुख्यमन्त्री बनेका थिए।

You might also like

Comments are closed.