जोय फाउन्डेसनको सहयोगमा सांसद पहारीद्वारा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

 

पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजिब पहारीले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा न ५ स्थित झोवाङको स्वास्थ चौकीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका छन् ।

जोय फाउन्डेसनको सहयोगमा रु १ लाख ५० हजार बराबरको एक थान कन्सन्ट्रेटर प्रदान गरिएको पहारीको सचिबालयले जानकारी दिएको छ । सो अबसरमा पहारीले बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार, राजनीतिक पार्टी जनप्रतिनिधि,समाजका विभिन्न तह र तप्कामा आबद्ध ब्यक्तित्वहरु र नागरिक लाग्नु जरुरी भएको भन्दै कोरोना भाइरस हामी सबैको साझा समस्या भएकोले सरकारको मात्रै जिम्मेवारीको रुपमा बुझ्न नहुने बताए।

यसै कुरालाई आत्मसात गर्दै निर्वाचित भएको क्षेत्रका जनताको स्वास्थ्य रक्षामा हर तरहले आफू लागि परेको उल्लेख्य गरे । नेकपा एमाले अन्नपुर्ण गाउँपालिकाको कमिटी सचीव विवेक देवकोटा, नेता बिष्णु केसि लगाएतले सो कन्सन्ट्रेटर ग्रहण गर्दै आज नै सो स्वास्थ्य चौकिमा पुर्याइने जानकारी दिए।

You might also like
Ram Tulasi Palpa

Comments are closed.