नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्यमा महिला उद्यमी शाक्यले उम्मेदवारी दिने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा महिला उद्यमी राज्यलक्ष्मी शाक्यले उम्मेदवारी दिने भएकी छन् । महासंघको आसन्न चुनावमा उनले एसोसिएट तर्फबाट कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

उनी कीर्तिपुर उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष हुन् । महासंघको ५७औं साधारणसभा चैत २८ र २९ गते हुँदैछ ।व्यावसायिक हकहितका क्षेत्रमा काम गर्ने, महासंघलाई सफल बनाउन आफ्नो ठाउँबाट योगदान गर्ने, महिला उद्यमशीलताको विकासमा सक्रिय हुने लगायतका प्रतिबद्धता उनले गरेकी छन् ।

आफूलाई मतदान गरी विजयी गराइदिन शाक्यले अपिल गरेकी छन् ।महासंघको महिला कमिीमा रहेर २ कार्यकाल काम गरिसकेकी शाक्यसँग महिला उद्यमशीलताको क्षेत्रमा काम गरेको १९ वर्षको अनुभव छ ।

सामाजिक अभियान्तासमेत रहेकी उनी विभिन्न सामाजिक संघसंस्थासँग जोडिएर सामाजिक सेवामा सक्रिय छन् । पूर्व उपराष्ट्रपति परमानन्द झाको स्वकीय सचिवालयमा रहेर काम गरेको अनुभव पनि उनीसँग छ ।

सम्वन्धित निकायमा पहुँच पुर्याउन नसक्ने साना, मझौला तथा ठुला व्यापारीलाई साथ तथा सहयोग गर्नका लागि आफू महासंघमा जान लागेको उनले बताए । ‘विगतमा पनि काम गरेको अनुभव छ । आगामी दिनमा महासंघमा रहेर अझै सक्रिय रुपमा काम गर्ने चाहना छ,’ उनले भनिन् ।

You might also like

Comments are closed.