राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब कार्यकारी अधिकृतमा देवेशप्रसाद लोहनी नियुक्त भएका छन् ।

उपकार्यकारी अधिकृत पदमा कार्यरत लोहनीलाई गत असार ९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हो ।

वि.स.२०५१ सालमा कम्युटर प्रोग्रामर (तह ७) को रुपमा बैंक सेवा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तिर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्सहरु पूरा गरेका छन् ।

 

 

 

 

 

 

 

You might also like

Comments are closed.