राष्ट्रिय वाणिज्य बैंकको एकै पटक ६ स्थानमा शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशका विभिन्न ६ स्थानमा आईतबार एकै पटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

सुनसरीको हरिनगरा नगरपालिका वडा नं २ भुटाहास्थित शाखा कार्यालय भुटाहा, काठमाडौं महानगरपालिका २ लाजिम्पाटस्थित शाखा कार्यालय लाजिम्पाट, वडा नं ४ सुकेधारास्थित शाखा कार्यालय सुकेधारामा शाखा कार्यालय विस्तार भएको छ ।

यस्तै कास्कीको पोखरा महानगरपालिका १ हरिचोकस्थित शाखा कार्यालय हरिचोक, रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ मणिग्रामस्थित शाखा कार्यालय मणिग्राम, बर्दियाको बढैयाताल गाँउपालिका ६ मैनापोखरस्थित शाखा कार्यालय मैनापोखरमा शाखा कार्यालयहरु विस्तार गरी कारोबार शुभारम्भ गरेको बैंकले जनाएको छ ।

बैंकको शाखा कार्यालयको संख्या २९४ पुगेको छ । आईतबार नै स्याङ्जाको चापाकोट नगरपालिका १० स्थित किसान बहुप्राविधिक शिक्षालयमा ७३ औं एक्स्टेन्सन काउन्टर समेत सञ्चालनमा ल्याएको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

 

You might also like

Comments are closed.