राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले मनायो ३५ औं वार्षिकोत्सव

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा कार्यक्रम भएको हो ।

आईतबार नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेयले एक समारोहका बीच कार्यक्रम उद्घाटन गरेका हुन् । पाण्डेयले बोनस तथा कर लगायतका विषयमा कर्मचारीप्रति असमान रहेका विषयमा सरकारले सहयोगपूर्ण रुपमा हेर्ने नीति लिनुपर्ने बताउँदै जनताको सेवा गर्दा कर्मचारीले आफुले पाउनुपर्ने सुविधा डटेर लिनुपर्ने बताए । पाण्डेयले कर्मचारीको तर्फबाट उचित ढङ्गले राखिएका सम्पूर्ण मागहरु व्यवस्थापनले सम्बोधन गर्नुपर्ने अन्यथा ट्रेड युनियन ऐन अनुसार अगाडि बढ्ने बताए । पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालले आफ्नो हकहितको लागि उठाइएका मागप्रति महासंघ सँधै साथमा रहेको बताए ।

नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गाना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, कर्मचारी संघ नेपालका पूर्व अध्यक्ष कमल खरेल, नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष गीता पोखरेल, नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वािणज्य बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष दिपेन्द्र कार्की लगायतले पेसागत हकहित तथा सस्थाको सम्बद्र्धनका बिषयमा आफ्ना धारणा राखेका छन् ।

बैंकको केन्द्रीय कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयले संघको झण्डोत्तलन र वृक्षारोपण गरेका हुन् । संघका विभिन्न प्रदेश समितिमा समेत विविध कार्यक्रम गरी वार्षिकोत्सव कार्यक्रम मनाइएको छ । गत साउन ४ गते आयोजना भएको रक्तदान कार्यक्रममा ७५ जना बैंक कर्मचारीले रक्तदान गरेका छन् सुदूरपश्चिम प्रादेशिक समितिलाई कार्यसम्पादन मुल्याङ्कनमा उष्कृष्ठ भएबापत रनिङ शिल्ड प्रदान गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा संघले राष्ट्रिय वाणिज्य बैंकमा कर्मचारीको उत्पादकत्व विषयमा कर्मचारी बीचमा निबन्ध प्रतियोगिता आयोजना गरेको हो । निबन्ध प्रतियोगितामा महेशराज भट्ट प्रथम, भावना शर्मा द्धितीय र रुद्रप्रसाद अधिकारी तथा राकेशकुमार राय तृतीय भएका छन् । कुर्चीदौड प्रतियोगितामा प्रथम बसन्ता पन्थी, द्धितीय अनिषा खनाल र तृतीय दिक्षा खड्का भए । विजयी प्रतियोगीलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

संघको वार्षिकोत्सवको अवसरमा महिला कर्मचारीको स्वास्थ्यललाई ध्यानमा राखेर बैंकको केन्द्र्रीय कार्यालय परिसरमा सेनिटरी प्याड भेन्डिङ्ग मेसिन सञ्चालनमा ल्याइएको छ । संघले वार्षिकोत्सवकै अवसरमा बरिष्ठ मुटु रोग विशेषज्ञ डा.ओम मुर्ती अनिलसँग अनलाइनबाट स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमको आयोजना समेत गरिएको बताइएको छ ।

कर्मचारी संघ नेपालका महासचिव रबिन्द्रप्रसाद चौलागाईंले सञ्चालन गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद तिमिल्सनाले स्वागत गरेका हुन् । कार्यक्रममा संघका पूर्व अध्यक्ष, विभिन्न प्रतिष्ठानस्तरका ट्रेड यूनियनका अध्यक्ष, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, उपकार्यकारी अधिकृत, विभागीय प्रमुख, उप्रमुख, शाखा प्रबन्धक, संघका पदाधिकारी, कर्मचारी लगायत सहभागी थिए ।

 

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.