राष्ट्रिय वाणिज्य बैंकको उप–कार्यकारी अधिकृतमा रामकुमार थापा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको उप–कार्यकारी अधिकृतमा रामकुमार थापा नियुक्त भएको छ ।

बैंकको सञ्चालक समितिको निर्णय अनुसार मुख्य प्रबन्धक थापालाई रिक्त रहेको तह ११ को उप–कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हो ।

वि.स.२०५४ सालमा शाखा अधिकृत (तह ७) को रुपमा तत्कालिन एनआइडिसी डेभलपमेन्ट बैंक (हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको) मा सेवा प्रवेश गरेका थापाले व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गरेका छन् ।

You might also like

Comments are closed.