काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एमएडब्लु बृद्धि मोटर्स प्राइभेट लिमिटेड बीच गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता ता भएको छ ।
सम्झौता अनुसार वार्षिक ७.७७ प्रतिशत स्थीर ब्याजदरमा निजी सवारी (रातो प्लेट) को नाम्मी र सेरेस विद्युतीय गाडीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम रु १ करोडसम्म कर्जा लगानी गर्नेछ ।
कर्जा रकमको ०.७५ प्रतिशत सेवा शुल्क लाग्नेछ । गाडीको कोटेशनमा अंकित मुल्यको विद्युतीय गाडीको बढिमा ८० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्नेछ भने बढिमा ७ वर्षसम्म कर्जा अवधि दिइनेछ । यो सम्झौता आगामी कात्तिक मसान्तसम्म मात्र लागू हुनेछ ।
बैंकको ७ प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।
बैंकको कल सेन्टर २४ सैं घण्टा सञ्चालन
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा स्थित रहेको कल सेन्टर अब २४ सैं घण्टा सञ्चालन हुने भएको छ । बैंकको सेवाका बारेमा टेलिफोन नम्बर ०१–५९७००१८ कल गरेर २४ सैं घण्टा जानकारी लिन सकिनेछ ।
बैंकको सेवाका बारेमा जानकारी लिन चाहनेहरुलाई थप सहज भई बैंकको गुणस्तरीय बैंकिङ सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा गरिएको छ ।
Comments are closed.