लेखनाथ महोत्सवको मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक

लेखनाथ । २०औं संस्करणको लेखनाथ महोत्सवलाई राष्ट्रिय वाणिज्य बैंकले साथ दिएको छ । आगामी पुस १८ देखि माघ १ गतेसम्म हुने महोत्सवलाई बैंकले मुख्य प्रायोजन गरेको हो ।

पोखरा महानगरपालिका वडा नं २७, डाडाँकोनाकमा हुने महोत्सवको मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहने गरी सम्झौता भएको आयोजक लेखनाथ उद्योग वाणिज्य संघका महासचिव तथा प्रचार–प्रसार संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् ।

राष्ट्रिय वाणिज्य बैंकका गण्डकी प्रदेश प्रमुख पुष्पचन्द्र थापाले लेखनाथ महोत्सवलाई सफल बनाउन बैंकको साथ रहेको बताए । आर्थिक गतिविधि बढाउन तथा उद्यमशीलता बृद्धिमा महोत्सव सफल हुने उनले विश्वास व्यक्त गरे ।

महोत्सवमा ३३६ वटा स्टल रहनेछन् । स्थानीय कृषि तथा औद्योगिक उत्पादनमा प्रवर्द्धन, हस्तकलाका वस्तुको बजार प्रवर्द्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको संघका अध्यक्ष विनोद श्रेष्ठले बताए । महोत्सवको तयारीलाई तीव्र बनाइएको छ ।

You might also like

Comments are closed.