राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त कर्मचारीलाई पूर्व सेवाकालिन तालिम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नवनियुक्त कर्मचारीलाई पूर्व सेवाकालिन तालिम काठमाडौंमा आयोजना गरेको छ ।

लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त बरिष्ठ सहायक (प्रशासन, नगद र सूचना प्रविधि सेवाका) ८३ जना र अधिकृत स्तरका ६ जना सहित ८९ जना कर्मचारीलाई १४ दिने पूर्व सेवाकालिन तालिम बैंकले सञ्चालन गरिरहेको छ ।

तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आफुले सैद्धान्तिक रुपमा सिकेका ज्ञानलाई अब व्यवहारमा उतारी ग्राहकलाई चुस्त गुणस्तरीय सेवा दिई संस्थाको उत्पादकत्व बृद्धि गर्न युवा जनशक्ति दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन् । विभिन्न प्रक्रिया पश्चात बैंकले युवा कर्मचारीलाई नियुक्ति दिएको बताउँदै अनुशासित र लगनशील भई कार्य गर्ने कर्मचारी नै आफ्नो भविष्यमा उत्कृट हुने उनले बताए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोधबारे जानकारी दिए । मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त बरिष्ठ सहायक ८३ जना कर्मचारीलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएको कार्यक्रमको सञ्चालन मानव संशाधन विभागका विभागीय उपप्रमुख हरिबाबु आचार्यले गरेका हुन् ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्षी जिसी, कर्मचारी लगायत सहभागी थिए । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममासहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ रहेको छ ।

 

 

 

 

You might also like

Comments are closed.