नवनियुक्त कर्मचारीलाई पूर्व सेवाकालिन तालिम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नवनियुक्त कर्मचारीलाई १४ दिने पूर्व सेवाकालिन तालिम सञ्चालन गरेको छ । बैंकले कोशी, मधेश र बागमती प्रदेशका लागि प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९५ जना र बरिष्ठ सहायक स्तरका २ जना गरी जम्मा ९७ जना कर्मचारीलाई १४ दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ ।

तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले यस बैंक प्रति जनताको अत्यन्तै विश्वास रहेको र त्यस विश्वासलाई जोगाई राख्न फ्रन्टलाइनमा बस्ने कर्मचारीले सदैव जिम्मेवार भएर सेवा दिनुपर्ने बताए । विभिन्न प्रक्रिया पश्चात बैंकले युवा कर्मचारीलाई नियुक्ति दिएको बताउँदै उनले बैंकिङ क्षेत्रमा भएको बढ्दो जोखिमलाई न्यूनिकरण गरी कार्य गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक तथा बरिष्ठ सहायक ९७ जना कर्मचारीलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका छन् । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध सम्बन्धी जानकारी दिएका छन् ।

कार्यक्रम माानव संशाधन विभागका विभागीय उपप्रमुख हरिबाबु आचार्यले सञ्चालन गरेका हुन् । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ रहेको छ ।

 

 

 

 

 

You might also like

Comments are closed.