कर्मचारीलाई पूर्व सेवाकालिन तालिम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्मचारीलाई पूर्व सेवाकालित तालिम आयोजना गरेको छ । लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका लागि प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) कर्मचारीका लागि तालिम सञ्चालन गरेको हो ।

बैंकले ९४ जना कर्मचारीलाई १४ दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले तालिमको उद्घाटन गर्दै बैंकिङ कामप्रतिको ज्ञान बढाउने र काम गर्ने दौरानमा कामप्रति सकारात्मकता र सेवाभाव झल्कने बताए । नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने सम्बन्धमा जानकारी दिएका छन् ।

मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएको कार्यक्रमको सञ्चालन मानव संशाधन विभागका विभागीय उपप्रमुख हरिबाबु आचार्यले गरेका हुन् । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ रहेको छ ।

 

 

 

 

 

You might also like

Comments are closed.