युवा उद्यमशीलता शिखर सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । सरकार र निजी क्षेत्रको साझेदारीमा आगामी भदौं २८ गते काठमाडौंमा आयोजना हुने नेपाल युवा उद्यमशीलता सिखर सम्मेलन २०२२ को टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ ।

नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र निजी क्षेत्रबाट विशाल मिडिया ग्रुपको मुल संयोजनमा सिखर सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको विशेष उपस्थितिमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेबीच टाइटल स्पोन्सरका लागि बिहीबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । ।

‘आर्थिक समृद्धीका लागि नवप्रवर्तन र उद्यमशीलता’ भन्ने मुल नाराका साथ आयोजित सम्मेलनले युवाहरुलाई उत्पादन र स्वरोजगारसंग जोड्दै नेपालमै उद्यमी बनाउन प्रोत्साहन गर्ने उद्देश्य राखेको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

jutta mela

समझदारी समारोहमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ५७ वर्ष पहिला स्थापना भएको वाणिज्य बैंक युवाहरुलाई उद्यमी बनाउन आवश्यक बिँउ, पुँजी, तालिम तथा यस्ता खाले सम्मेलनमा सधै साथमा रहने प्रतिवद्धता ब्यक्त गरे । पहिलो शिखर सम्मेलनमा समेत मुख्य प्रायोजक रहेको बताउदै उनले यो सम्मेलनले देशभरका युवाहरुमा वित्तीय साक्षरता, बैंकिङ पँहुच अभिवृद्धि र बलियो राष्ट्रियस्तरको सञ्जाल स्थापना हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेले युवा उद्यमका लागि सरकारको कानुन, कार्यक्रम र बजेटबारे पुनरावलोकन गर्न यो सम्मेलनले सहजिकरण गर्ने बताए । युवा उद्यमशीलताका लागि वातावरण बनाउदै स्टार्टअपहरुको संख्यात्मक र गुणत्मक सहभागिता लागि सम्मेलन आयोजना गरिएको उनको भनाई थियो ।

७७ वटै जिल्लाबाट प्रतिनिधित्व रहने गरी उद्यमी बन्न चाहने र उद्यम गरिरहेका करिव ५ सय जना युवाहरु सम्मेलनमा सहभागी हुने छन् । सम्मेलनमा स्टाटअर्प स्टोरी आदानप्रदान, प्यानल डिस्कसन, समुहगत छलफल, नेटर्वकिङ, सफल युवा उद्यमीहरुको प्रस्तुतीसहितको अवार्ड वितरण, उद्यमी मेला, विश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको डेमो प्रदर्शन, लगानी सम्झौता, मेन्टरिङ र लगानी सम्झौतालगायतका कार्यक्रमहरु रहेका छन् । सम्मेलनमा नेपाल सरकारको राष्ट्रिय योजना आयोग र वाग्मती प्रदेश सरकारको उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयसमेत साझेदार रहेको छ ।

You might also like

Comments are closed.