काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ।
कम्पनीले २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।
कम्पनीले ७ वर्षसम्मका लागि वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । बैंकले विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई लिएको छ ।
Comments are closed.