काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्वारा स्थापित संस्था आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी अध्यक्ष सरस्वती अधिकारीले सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
सभामा छलफल पश्चात् विभिन्न प्रस्तावहरु पारित भएका छन् । सभामा कम्पनीका सञ्चालकहरु दुर्गाकुमारी कंडेल, रामकुमार थापा, भीमप्रसाद घिमिरे, कृष्ण श्रेष्ठ र नरेशजंग थापा सहभागी थिए ।
प्रमुख अतिथि राष्ट्रिय वाणिज्य बंैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाई सहभागी थिए । आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड यस कम्पनीको कोष प्रवद्र्धक रहेको छ ।
योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत सञ्चालित बन्दमुखी योजनाहरु, आरविवि म्युचुअल फण्ड १ ले २० प्रतिशत, आरविवि म्युचुअल फण्ड २ ले १३ प्रतिशत र कम्पनीले २० प्रतिशत गरी जम्मा ५३ प्रतिशतले हुन आउने करिब ४० करोड बराबरको नगद लाभांश (कर सहित) वितरण गर्न सफल भएको छ ।
नेपाल धितोपत्र बोर्डबाट स्विकृति प्राप्त गरी शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूतिकर्ता, हितग्राही, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, सामुहिक लगानी कोष योजना व्यवस्थापकको रुपमा कार्य गर्दै आएको ।
Comments are closed.