रियलमीको ‘नियलमी नार्जो ५०ए प्राइम बजारमा

काठमाडौं । विश्वकै प्रख्यात स्मार्टफोन ब्राण्ड रियलमीले नार्जो सिरिजको इन्ट्री लेबलमा स्टाइलिश र अल–अराउन्डर स्मार्टफोन– रियलमी नार्जो ५०ए प्राइम बजारमा ल्याएको छ ।

अल्ट्रा–स्लीक डिजाइन, शक्तिशाली प्रोसेसर, ५ हजार mAh ब्याट्री र एआई–सक्षम क्यामेरा राखिएको यो स्मार्टफोनमा अरु थुप्रै विशेषताहरु समावेश छन् ।

‘नेपाली बजारमा रियलमी नार्जो सिरिजअन्तर्गत नयाँ रियलमी नार्जो ५०ए प्राइम ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । यो नयाँ स्मार्टफोन हाम्रा प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको समग्र अनुभव प्रदान गर्ने अर्को कदम हो,’ लन्चको बारेमा बोल्दै रियलमी नेपालका हेड मुनिष गिरीले भने, ‘यसमा भएको ६.६ इन्चको FHD डिस्प्ले र ५० MP क्यामेरले प्रयोगकर्ताहरूलाई स्मार्टफोनको सेग्मेन्टमा उत्कृष्ट अनुभव प्रदान गर्दछ ।’

jutta mela

रियलमी नार्जो ५०ए प्राइममा समावेश विशेषताहरु:
यो नयाँ स्टाइलिश र इन्ट्री–लेभलमा अल–राउन्डर स्मार्टफोन, प्रयोगकर्ताहरूको सबै आवश्यकताहरू ध्यानमा राखी डिजाइन गरिएको हो । यो ८.१ mm को अल्ट्रा स्लिम स्मार्टफोन हो, जसको तौल १९२.५ ग्राम रहेको छ । युवा उपभोक्ताहरूलाई मनपर्ने डायनामिक ग्लोइङ डिजाइन जुन 2D बाट बनेको नयाँ राइट–एंगल बेजेल डिजाइन हो ।

यसमा समावेश गरिएको ५०ःMP AI ट्रिपल क्यामेराले एन्ट्री–लेभल स्मार्टफोनका प्रयोगकर्ताहरूलाई फ्ल्यागशिप क्यामेराको अनुभव प्रदान गर्दछ । यस स्मार्टफोनमा ५०MP प्राइमरी क्यामेरा, सुपर क्लोज फोकस भएको म्याक्रो लेन्स, डिजिटल जुम र उच्च एक्सपोजरसहितको B&W लेन्स समावेश छ, जस्ले प्रयोगकर्ताहरूलाई जस्तोसुकै प्रकाशको अवस्था, विशेष गरी मधुरो प्रकाशमा अविश्वसनीय फोटो खिच्न मद्दत गर्छ ।

यसको अगाडिको 8MP HDR क्यामेराले विभिन्न फिल्टरहरू समर्थन गर्नुको साथै क्रिस्टल क्लियर सेल्फीहरू प्रदान गर्दछ । रियलमी नार्जो ५०ए प्राइम शक्तिशाली Unisoc T612 द्वारा संचालित छ, जुन स्मार्टफोन सेगमेन्टको उत्कृष्ट प्रोसेसर हो । यो एक अक्टा–कोर 12nm प्रोसेसर हो जसले 2.0 GHz सम्मको पावर र Cortex A75  संरचना समर्थन गदर्छ, जसले स्मार्टफोनमा शक्तिशाली र स्थिर कार्यसम्पादन प्रदान गर्दछ ।

१६.७ सेमी (६.६”)FHD  डिस्प्ले रहेको रियलमी नार्जो ५०ए प्राइम ले प्रयोगकर्ताहरूका लागि बिना कुनै अवरोध इमर्सिभ दृश्य अनुभव प्रधान गर्दछ । यो स्मार्टफोनमा मेगा ५ हजार MH ब्याट्री जडान गरिएको छ । जसले प्रयोगकर्ताहरूलाई नन–स्टप प्रयोगको मजा लिन र स्ट्यान्डबाइ मोडमा ३९ दिनसम्म ब्याट्री ब्याक अप प्रदान गर्दछ ।

फिंगरप्रिन्ट सेन्सर भएको यस फोनले प्रयोगकर्ताको निजी जानकारी सुरक्षित राख्न मद्दत गर्दछ । २१ हजार ७ सय ९९ रहेको रयलमी नर्जो ५०ए प्राइम फ्ल्यास ब्लू कलर, ४+१२८GB भेरियन्टमा साउन २३ गतेबाट बजारमा आएको छ ।

You might also like

Comments are closed.