काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले ‘रियलमी यु आइ विजेटको क्रिएसन’ क्याम्पेन आयोजना गर्ने भएको छ । यो क्याम्पेनमा एप डेभलपर, यु एक्स डिजाइनर एवम् स्मार्ट फोन कम्पनीमा काम गर्ने कर्मचारीदेखि सर्वसाधारणसमेत सहभागी हुन सक्नेछन्।
विश्वभर छरिएर रहेका आफ्नो रियलमी फ्यानहरुसँग मिलेर नयाँ रियलमी युआइ विजेट सहसिर्जना गर्दै सिर्जनात्मक तरिकाले भौतिक संसार र डिजिटल संसारलाई जोड्ने उद्देश्यले यो क्याम्पेन आयोजना गरिएको आयोजक रियलमीले जनाएको छ ।
साथै यस क्याम्पेनले उपभोक्ताहरुलाई रियलमीको भविष्यको यु आइ विजेट कस्तो हुनेछ भन्नेतर्फ प्रभावकारी भूमिका खेल्न र सहसिर्जना गर्ने अवसर प्रदान गर्ने आशा गरिएको छ । यसरी बनाइने नयाँ विजेट विल्कुलै भिन्न र कटिङ एज डिजाइनयुक्त मात्र नभइ उपभोक्ताहरुको दैनिक प्रयोगको लागि आवश्यक फंसनालिटीहरु पनि समावेश गरिनेछ ।
साथै यसमा हरेक चोटी स्क्रिन अनलक गर्दा आवश्यक सुचनाहरु पनि प्रदान गर्ने गरी डिजाइन गरिने कम्पनीले जनाएको छ । यस यु आइ विजेटको मुख्य काम आवश्यक सुचनाहरु होम स्क्रिनमा सरल तरिकाले देखिने बनाउनु हो । त्यसैले यस सहसिर्जनात्मक कार्यमा रियलमीले सहभागिहरुबाट रोचक र नवीन आइडियाहरुको अपेक्षा गरेको छ ।
आइडिया प्रदान गर्ने अन्तिम कार्तिक २९ गते २ बजेसम्म छनोट गरिएका आइडियाहरु मंसिर २२ गते सर्वजनिक गरिनेछन् । एक जना सहभागिले एकभन्दा बढी आइडियाहरु प्रदान गर्न सक्नेछन् । यसको लागि को–क्रिएसन टेम्पेलेट डाउनलोड गरेर सोही टेम्पलेटअनुसार एन्ट्री र सम्बन्धित डिजाइनहरु पुरा गर्नुपर्ने हुन्छ । PDF, DOC, DOCX, PNG, JPG, JPEG फर्म्याटका फाइलहरु मान्य हुनेछन्।
यदि तपाईंको आइडिया मान्य भएको खन्डमा रियलमी जिटि नियो ३ र एक्स्क्लुसिभ कम्युनिटी ब्याज प्रदान गरिनेछ । सहभागी सम्पूर्णले नयाँ रियलमी यु आइ विजेटको अर्ली एक्सेस भर्जन प्रयोग गर्ने अवसर पाउन सक्नेछन् ।
Comments are closed.