रियलमीले सार्वजनिक गर्यो रियलमी C30, यस्ता छन् विशेषता

काठमाडौं । विश्वकै प्रख्यात स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो सी सिरिज अन्तर्गत नयाँ रियलमी C30s सार्वजनिक गरेको छ । इन्डस्ट्रि लिडिङ क्यापेसिटिव फिंगरप्रिन्टद्वारा फोन अनलक हुने प्रविधि प्रयोग गरिएको रियलमी C30s सुरक्षा र गतिको उत्तम संयोजन हो । ५०००mAh ब्याट्री क्षमता, र एन्टी–स्लिप डिजाइन भएको रियलमी C30s ले प्रयोगकर्ताहरुलाई उत्कृष्ट एर्गोनोमिक्स प्रदान गर्दछ ।

लन्चमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने,“सस्तो दाममा बेस्ट फिचर भएको स्मार्टफोन चाहनेहरुका लागि यो राम्रो विकल्प हो । रियलमीमा हामी हाम्रा प्रयोगकर्ताहरूका विभिन्न आवश्यकताहरू समेट्न हरदम तत्पर रहन्छौँ । रियलमीको यो C सिरिज, एन्ट्री–लेभल स्मार्टफोनहरूमा नविनतम प्रविधिहरु उपलब्द गराउन पाउँदा मलाई गर्व लागेको छ । डिजाइन र टेक्नोलोजीको उत्तम संयोजन रहेको यो रियलमी C30s हाम्रा उपभोक्ताहरुले मन पराइदिनु हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।”

रियलमी C30s
रियलमी C30s को मुख्य विशेषताहरू मध्ये एक यसको साइड-फिंगरप्रिन्ट सेन्सर हो । सी सिरिजमा रहेको फिंगरप्रिन्ट सेन्सरले तपाईको स्मार्टफोनलाई मात्र ०.५८ सेकेन्डमा अनलक गर्न सक्षम बनाउँनुको साथै तपाईको निजी जानकारी सुरक्षित राख्न परिष्कृत सुरक्षा अनलक विधि प्रदान गर्दछ । ८mm*१.६mm क्षेत्रफल रहेको यो फिंगरप्रिन्ट सेन्सिङ एल्गोरिदम अधिक शक्तिशाली रहेको छ जसले उच्चतम सुरक्षा सुनिश्चित गर्दछ ।

माइक्रो–टेक्सचर एन्टी–स्लिप डिजाइन र अल्ट्रा–स्लीक ८.५ mm बडी भएको यो रियलमी C30s को तौल केवल १८२ ग्राम रहेको छ । यो स्मार्टफोनमा ६.५ इन्चको फुल स्क्रिन एलसीडी डिस्प्ले समावेश गरिएको छ जसले प्रयोगकर्ताहरूलाई इमर्सिभ दृश्य अनुभव प्रदान गर्दछ । रियलमी C30s मा स्क्रिन–टु–बडी रेसियो ८८.७ प्रतिशत रहेको छ । Unisoc अक्टा–कोर प्रोसेसरद्वारा संचालित, रियलमी C30s ले प्रयोगकर्ताहरूलाई अत्यन्त सहज सञ्चालन अनुभव प्रदान गर्दछ । यसमा रहेको विशाल ५०००mAhको ब्याट्री र अल्ट्रा–सेभ मोडको साथ रियलमी C30s ले प्रयोगकर्ताहरुलाई लामो समयसम्म मनोरञ्जन प्रदान गर्दछ ।

८ एमपी एआई रियर क्यामेरा र ५ एमपी सेल्फी क्यामेरा समावेश गरिएको यस स्मार्टफोनले जीवनका प्रेरणादायी क्षणहरू क्याप्चर गर्न मद्दत गर्छ ।रियलमी C30s स्ट्राइप ब्लू र स्ट्राइप ब्ल्याक गरि दुई रंगहरूमा उपलब्ध हुनेछ जसको मूल्य १३ हजार ४९९ रुपैयाँ (2GB + 32GB) र १५ हजार ९९९ रुपैयाँ (4GB + 64GB) रहेको छ ।

 

 

You might also like

Comments are closed.