काठमाडौं । गभर्नर नियुक्तिको प्रक्रिया अघि बढाउन गठित सिफारिस समितिको बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ।
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्षको उपस्थितिमा अर्थमन्त्री तथा समितिका संयोजक विष्णु पौडेलले बैठक आह्वान गरेका हुन्। बैठकमा गभर्नर चयन सम्बन्धी आवश्यक प्रक्रिया र सम्भावित उम्मेदवारबारे छलफल हुने अपेक्षा गरिएको छ।
समितिमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री डा. पोषराज पाण्डे सदस्यका रूपमा रहेका छन्।
पछिल्लो समय गभर्नर नियुक्तिको विषय राजनीतिक रूपमा पनि चासोको केन्द्रमा रहेकाले आजको बैठक निर्णायक र महत्वपूर्ण हुने अनुमान गरिएको छ।
Comments are closed.