काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली ग्राहकहरूको लोकप्रिय स्मार्टफोन रेड्मी १३ को मूल्य घटाएको छ । कार्यक्षमता र आकर्षक डिजाइनको संयोजन भएको रेड्मी १३ अब थप किफायती मूल्यमा उपलब्ध हुने भएको छ । शक्तिशाली मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामारा, र लङ लास्टिङ ब्याट्रीको साथमा रेड्मी १३ असाधारण प्रदर्शन प्रदान गर्न डिजाइन गरिएको छ । हाइपर ओएस सहितको शाओमीले प्रयोगकर्तालाई निर्बाध प्रयोग सुनिश्चित गर्दछ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले रेड्मी १३ को मूल्यमा छुट प्रदान गर्न पाउँदा खुशी लागेको बताउँदै रेड्मी १३ कार्यक्षमता, नवीनता र डिजाइनको उत्कृष्ट संयोजन भएको डिभाइस बताए । यस मूल्य समायोजनले ग्राहकलाई अझ सन्तुष्ट बनाउने र प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि प्रदान गर्ने उनले जनाए ।
रेड्मी १३ का मुख्य विशेषताहरू
रेड्मी १३ को शक्तिशाली मेडियाटेक हेलिओ जी९१–अल्ट्रा प्रोसेसरले गेमिङ, मल्टिटास्किङ र दैनिक प्रयोगलाई सहज र प्रभावकारी बनाउँछ । साथै रेड्मी १३ को ६.७९ इन्चको फुल एचडी + डट डिस्प्ले प्रयोगकर्तालाई दमदार भिजुअल अनुभव प्रदान गर्नेछ । ९० हर्जको रिफ्रेस रेट र टियुभी राइनल्याण्डबाट सर्टिफाइड डिस्प्लेले जीवन्त रंग प्रदान गर्नुका साथै आँखालाई आरामदायक दृश्य अनुभव प्रदान गर्दछ । १०८ मेगापिक्सेल मुख्य क्यामेरा र २ मेगापिक्सेल म्याक्रो लेन्स रहेको रेड्मी १३ ले हरेक फोटोलाई स्पष्ट र सटीक रूपमा कैद गर्न सक्षम बनाउँछ भने १३ मेगापिक्सेलको प्रन्ट क्यामेराले उत्कृष्ट सेल्फी र भिडियो कल अनुभव प्रदान गर्दछ । ५०३० एमएएचको लामो समय टिक्ने ब्याट्री र ३३ वाटको फास्ट चार्ज सुविधाले ग्राहकहरूलाई दिनभरिका लागि ब्याट्री पावर प्रदान गर्नुका साथै छिटो चार्ज गर्न पनि सक्षम बनाउँछ ।
रेड्मी १३ को नयाँ मूल्य तथा उपलब्धताः
६ जिबी + १२८ जिबीः पुरानो मूल्य रु. १८ हजार ९९९ रहेको छ भने नयाँ मूल्य रु. १७ हजार ९९९ पर्छ । यस्तै ८ जिबी + २५६ जिबीः पुरानो मूल्य रु. २१ हजार ९९९ हो भने नयाँ मूल्य रु. २० हजार ९९९ रहेको छ ।
रेड्मी १३ मिडनाइट ब्ल्याक, पर्ल पिंक र ओसन ब्लु गरी तीन आकर्षक रङमा उपलब्ध रहेको छ । यो स्मार्टफोन देशभरका सबै एमआई स्टोरका साथै शाओमीका आधिकारिक स्टोरमा किन्न सकिनेछ । रेड्मी १३ अब झनै आकर्षक मूल्यमा उपलब्ध भएपछि प्रयोगकर्ताले भरपर्दो र शक्तिशाली स्मार्टफोनको अनुभव पाउन झनै सहज भएको छ ।
Comments are closed.