नेपाली बजारमा नम्बर १ स्मार्ट फोन बन्दै रेड्मी नोट ११

काठमाडौं । इन्टरनेशनल डाटा कर्पोरेशनको वर्ल्डवाइड क्वाटर्लि मोबाइल फोन ट्र्याकर, क्यू वान २०२२ को विज्ञप्तिअनुसार रेड्मी नोट ११ नेपालको नम्बर १ स्मार्टफोनमा रहेको छ ।

शाओमीले, पूर्व ७ त्रैमासिकदेखि लगातार नेपाली बजारमा शीर्ष स्मार्टफोन कम्पनीको रूपमा आफ्नो स्थान कायम गर्दै आएको छ । रेड्मी नोट ११ नेपालमा सबैभन्दा बढी सिप गरिएको स्मार्टफोन हुनुको साथै रेड्मी १० प्राइम २०२२ र रेड्मी नाइन ए पनि शीर्ष स्थानमा रहन सफल भएको छ ।

रेड्मी नोट ११, शाओमी १२ सिरिज जस्ता उत्पादनहरुको लन्चको कारण ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । यसका साथै शाओमीले एस १ एक्टिभ, वाच लाइट, टिभी स्टिक, मी ट्रिमर, मी स्मार्ट ब्यान्ड ब्यान्ड ६ र रेड्मी सोनिक बास वायरलेस इयरफोन, पावर ब्यान्क आदिसहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ ।

jutta mela

यसको अतिरिक्त, अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पुर्याएको छ । अहिले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै, शाओमीले देश भरिमा ३ हजार भन्दा धेरै अफलाइन पार्टनर स्टोर र १५ भन्दा बढी अधिकृत स्टोरहरू स्थापित गरेको छ ।

कम्पनीको हाल नेपालको विभिन्न स्थानहरुमा एक बलियो वितरण नेटवर्क रहेको छ । उनीहरुले विशेष अधिकृत सेवा केन्द्रहरुको साथसाथै नेपालमा ग्राहकको आवश्यकताहरुलाई पूरा गर्नको लागि एक समर्पित सेवा वेयरहाउसकोे माध्यमबाट मजबूत आफ्टर सेल्स सेवासंँगै बजारमा आफ्नो स्थान बलियो बनाएको छ ।

You might also like

Comments are closed.