रिलायन्स फाइनान्सले ल्यायो रिकरिङ बचत खाता योजना

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले रिलाइनस रिकरिङ बचत खाता योजना ल्याएको छ । फाइनान्सले ‘उच्चतम प्रतिफल सहितको रिलायन्स क्रमिक बचत गरौँ सुरक्षित भविष्य सहित परिवारम खुसियाली बाडौँ’ भन्ने नारासहित उक्त योजना सार्वजनिक गरेको हो ।

उक्त बचत खाता योजनामा न्यूनतम मासिक ५ सय रुपैयाँका दरले जम्मा गर्न सकिने छ । त्यस्तै, ३६ महिना पश्चात ४२ महिना बराबको एकमुष्ट भुक्तानी पाइने छ ।

त्यसैगरी, ४८ महिना पश्चात ६० महिना बराबरको एकमुष्ट भुक्तानी पाइने छ भने साथै ६० महिना पश्चात ८० महिना बराबरको एकमुष्ट भुक्तानी पाइने छ ।

काठमाडौं महानगरपािलका २८ प्रदशनीमार्गमा मुख्य शाखा कार्यालय र न्यूरोडकाठमाडौं, सितापाईला काठमाडौं, ईमाडोल ललितपुर, नारायणघाट चितवन, टाँडी चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, गोरखा बजार गोरखा, झापाको चारआली, दमक , विर्तामोड र धुलाबारी, रुपन्देहीको बुुटवल, मणीग्राम ,भैरहवा, धनगढी कैलाली, अत्तरीया कैलाली, महेन्द्रनगर कन्चनपुर र कोहलपुर बाँकेमा शाखा सहित २० वटा शाखा कार्यालयहरुले सेवा पुर्‍यउदै आएको छ ।

You might also like

Comments are closed.