रिलायन्स फाइनान्स लिमिटेडद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

पोखरा । रिलायन्स फाइनान्स लि. पोखारा शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । मादी गाउँपालिका ७ छाचोकमा एक दिवसीय कार्यक्रम भएको हो । मादी गाउपालिकाका स्थानीयबासीहरुलाई बैंकिङ कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा करिब सय जना स्थानीय महिला, साना व्यवसायी तथा अन्य व्यक्तिको सहभागिता रहेको ब्रान्च म्यानेजर प्रकाश पौडेलले जानकारी दिए । कार्यक्रममा बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सतर्कता सुरक्षित रेमिट्यान्स प्रणाली लगायतका विषयमा साक्षरता प्रदान गरिएको थियो ।

थाक छाछोक इन्भेष्टमेन्ट समितिका सचिव एवं समाजसेवी बालकृष्ण गुरुङको सभापतित्वमा तथा मादी गाउँपालिका ७ का वडा अध्यक्ष दुर्गा बहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमा फाइनान्सका जनसम्पर्क प्रबन्धक सुदिप सापकोटाले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति गुरुङले स्थानीयबासीहरुलाई वित्तीय सारक्षता गराइदिएकोमा रिलायन्स फाइनान्सलाई धन्यवाद दिए । कार्यक्रमको सहजीकरण गर्दै पोखरा शाखाका प्रबन्धक प्रकाश पौडेलले सेवा, सुविधा, बचत गर्ने तरिका र लाभ, कर्जा प्रक्रिया, दैनिक जीवनमा बैंकको महत्वका साथै वित्तीय साक्षरता र वित्तीय जागरण, आर्थिक समृद्धिका लागि बैकिङ सेवाको महत्व प्रष्ट पारे ।

jutta mela

वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक स्तर वृद्धिमा योगदान गर्न कार्यक्रमबाट सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रमका सभापति बालकृष्ण गुरुङले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्नेबारे जानकारी दिए । फाइनान्सले देशभर प्रधान कार्यालय सहित २२ ओटा शाखाबाट सेवा प्रवाह गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.