सामाजिक उत्तरदायित्व बहनमा सक्रिय बन्दै रिलायन्स फाइनान्स, बृहद आँखा शिविर सम्पन्न

काठमाडौं । सामाजिक उत्तरदायित्व बहनमा रिलायन्स फाइनान्सले सक्रियता बढाएको छ । यसैक्रममा रिलायन्स फाइनान्स लिमिटेडको सहकार्यमा आँखा जाँच सम्बन्धी निःशुल्क शिविर र मोतियाविन्दुको शल्यक्रिया भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै आँखा शिविर तथा आँखामा समस्या भएकाहरुको निःशुल्क शल्यक्रिया गरेको हो ।

लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ नेपाल अन्तर्गतका विभिन्न लायन्स क्लब लगायत विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा फागुन २७ देखि २९ सम्म ३ दिनसम्म शिविर चलेको थियो । ज्येष्ठ नागरिकलाई लक्षित गरी कार्यक्रम गरिएको हो । शिविरबाट १५६ जना ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । आँखामा समस्या भएका ४३ जना ज्येष्ठ नागरिकहरुको मोतियाविन्दुको शल्यक्रिया निःशुल्क गरिएको छ ।

कार्यक्रममा बोल्दै फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले ज्येष्ठ नागरिकलाई लक्षित गरी आँखा परीक्षण तथा शल्यक्रिया सेवा निःशुल्क उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए । ‘हामीले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा सामाजिक क्षेत्रमा निरन्तर कार्यक्रम गर्दै आइरहेका छौं,’ उनले भने, ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’ ललितपुरको कोङयोनसोम गाउँपालिकास्थित नल्लुमा कार्यक्रम सम्पन्न भएको हो । शिविरलाई सफल बनाउन एभरेष्ट आइ सेन्टरले प्राविधिक सहयोग गरेको थियो ।

jutta mela

काठमाडौंको प्रदर्शनी मार्गमा प्रधान कार्यालय रहेको राष्ट्रियस्तरको रिलायन्स फाइनान्स लि.ले प्रधान कार्यालयसहित २१ शाखाबाट आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.