सिएफ मोटो र जिहोका नयाँ बाइक र स्कुटरमा नेपाली बजारमा (विशेषताहरुसहित)

काठमाडौं । सिएफ मोटो र जिहो ब्राण्डका नयाँ बाइक र स्कुटर नेपाली बजारमा सार्वजनिक भएका छन् । नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सिएफ मोटो र जिहोका बाइक तथा स्कुटर सार्वजनिक गरेको हो ।

इलेक्ट्रिक मोबिलिटीमा छोटो समयमा आफ्नो उपस्थिति युरोप र एसियन देशहरुमा जनाउन सफल रहेको जिहो ब्राण्डका बाइक तथा इलेक्ट्रिक स्कुटरहरु सोमबार एक कार्यक्रमबीच नेपाली बजारमा ग्राहकहरुको लागि सार्वजनिक भएको हो ।

सिएफ मोटोका NK 250 FUN, SR 250 FUN र NK 450 मोडलहरु छन् भने जिहोको AE6+ र AE6+ Long Range मोडलका इलेक्ट्रिक स्कुटर र ऋष्तथ क्उयचतक नामक इलेक्ट्रिक वाइक छन् । प्रमुख अतिथि ललितपुर वडा नम्बर ३ अध्यक्ष गोपाल महर्जन र विशेष अतिथि ललितपुर महानगरपालिकाका नगर प्रहरी बल प्रमुख सीताराम हाछेथु, रिलायन्स ग्रुप नेपालका निर्देशक श्री ऋषि अग्रवाल, सिएफ मोटोका ग्लोबल सेल्स म्यानेजर ज्याक झाङ र ऋषि ट्रेड सेन्टरका महाप्रबन्धक उज्ज्वल जोशी लगायतको उपस्थितिमा झम्सिखेलस्थित सिएफ मोटो र जिहो शोरुममा कार्यक्रम भएको हो ।

jutta mela

सन १९८९ मा स्थापित यस सिएफ मोटो ब्राण्ड हाल १ सय भन्दा बढी देश र ३ हजार भन्दा बढी बिक्री तथा बिक्री पछिको सेवा प्रदान गर्ने थ्रिएस शोरुममा विस्तार भएको छ । एड्भेन्चर तथा फनका लागि विश्वभर सिएफ मोटो लोकप्रिय रहेको कम्पनीले जनाएको छ । डिजाइनिङ, उत्पादन तथा आफ्नै रिसर्च तथा डेभलपेमन्टमार्फत विश्वभर आफ्ना ग्राहक तथा डिलहरहरु माझ लोकप्रिय रहदै आएको कम्पनीले जनाएको छ ।

नेपालमा यी ब्राण्ड रिलायन्स ग्रुप अन्तर्गत ऋषि ट्रेड सेन्टरले आफ्नो पूर्ण व्यवस्थापनको साथ गत वर्ष सञ्चालनमा ल्याएसँगै सिएफ मोटो ब्राण्ड र यस अन्तर्गतको जिहो ब्राण्डका इलेक्ट्रिक मोविलिटीप्रति नेपाली बजारमा चासो बढेको छ । सिएफ मोटोका बाइकहरु र जिहो ब्राण्डका स्कुटरहरुको नेपालको आधिकारिक बिक्रेत ाबनेर ऋषि ट्रेड सेन्टरले बजार विस्तार सुरु गरेको छ ।

कार्यक्रममा बोल्दै रिलायन्स ग्रुपका निर्देशक ऋषि अग्रवालले नेपाली बजारमा सिएफ मोटो र जिहोका बाइक तथा स्कुटहरु लोकप्रिय हुने विश्वास व्यक्त गरे । बिक्री र बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै कम्पनीले सेवा विस्तार गर्ने उनले बताए ।

यसैबीच, रिलायन्स ग्रुपले आफ्नो सामाजिक उत्तर दायित्वको लक्ष्यका साथ ललितपुर महानगरपालिका अन्तर्गतको नगरप्रहरी बललाई जिहोका इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेको छ ।

कार्यक्रममा बोल्दै महाप्रवन्धक जोशीले उच्चत्तम कार्य क्षमता र आकर्षक डिजाइनका थप मोडलहरू चाँडै लन्च हुने जानकारी दिए ।

 

विशेषताहरुः

CFMOTO 250 NK Fun
Engine: Single-cylinder, liquid-cooled, DOHC, 4 valves
Displacement: 249cc
Max Power: 20.5kW @ 9750 rpm
Fuel Capacity: 12.5 L
ABS: Dual ABS
Min Ground Clearance: 150mm
Brake system: 292 mm Front, Opposite 4 Piston Single Disc
220 mm Rear, Single Piston Floating Caliper
Transmission: 6-speed. wet. multidisc. CF-SC slipper clutch

CFMOTO 250 SR Fun
Engine: Monocylindrical, Liquid refrigerated, DOHC
Displacement: 249 cc
Max Power: 27.4 hp @ 9750 rpm
Fuel Capacity: 12 L
ABS: Dual ABS
Min Ground Clearance: 135mm
Brake system: Front: 292mm disc with 4-piston caliper
Rear: 220mm single disc & 1-piston caliper
Transmission: Wet, Multidisc, anti-reburst clutch

CFMOTO 450 NK
Engine: 2-Cylinder Inline, 4-stroke, Liquid-cooled, DOHC
Displacement: 449cc
Max Power: 37 kW @ 9500 rpm
Fuel Capacity: 14 L
ABS: Continental ABS
Min Ground Clearance: 192mm
Brake system: Front: 320mm Disc with 2 Piston Caliper
Rear: 220mm Disc with Single Piston Caliper
Transmission: 6-speed, Wet, Multi-Plate, CF-SC Slipper Clutch

City Sports
Max Speed: ≥100km/h
Mid Motor: Peak Power 3.5 kW
Max. Speed: 62km/h
Range: 80km (WMTC), 135km @ 20 km/h
Charging (0-80%): < 3hr (700W)

Zeeho AE6+ Long Range
Battery: Double Battery
Start: Keyless NFC Card
App: Zeeho Ride App
Technology: Zeeho Self Developed BMS
Range: 140-160 Km on road (NEDC range 200km+)
Side Motor Gear Drive: Peak power 5.5kW
Battery Capacity: 3.6kW

Zeeho AE6+
Battery: Single Battery
Start: Keyless NFC Card
App: Zeeho Ride App
Technology: Zeeho Self Developed BMS
Range: 70-90 Km on road (NEDC range 100km+)
Side Motor Gear Drive: Peak power 5.5kW
Battery Capacity :1.8kW

You might also like

Comments are closed.