नेपाल विद्युतीय व्यवसायी महासंघको अध्यक्षमा रेशमप्रसाद देवकोटा

 

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको अध्यक्षमा रेशमप्रसाद देवकोटा चयन भएका छन् । महासंघको १३ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले देवकोटाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

जसको प्रथम उपाध्यक्षमा प्रेमबहादुर जिसी, द्विीय उपाध्यक्षमा कोमल पोखरेल, तृतीय उपाध्यक्षमा लेखनाथ सापकोटा, महासचिवमा गोपाल अग्रवाल, कोषाध्यक्षमा प्रकाशचन्द्र पाण्डेय, सचिवमा विनोद लुइँटेल, सहकोषाध्यक्षमा महेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् ।

jutta mela

त्यस्तै, खुल्ला सदस्यतर्फ क्रमश शंकर पोखरेल, चन्द्रकान्त जैसी, राजेश गौतम, केशव ढकाल र शिवराज रिजाल चयन भएका छन् भने, प्रदेश सदस्य तर्फ प्रदेश १ का सदस्य चन्द्रमणी देवकोटा, २ का सदस्य मनोजकुमार अग्रवाल, ३ का सदस्य सरोजकुमार रेग्मी, ४ का सदस्य राजु भण्डारी, ५ का सदस्य लोकनाथ पोखरेल र ७ का सदस्य विष्णुराज भट्ट भएका छन् ।

You might also like

Comments are closed.