रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई

 

पोखरा । रेवान पोखराको अध्यक्षमा नरेशबहादुर भट्टराई निर्वाचित भएका छन् । बिहीबार सम्पन्न २८औं वार्षिक साधारणसभा तथा १५औं अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

रेवानको नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष लक्ष्मण वराल, प्रथम उपाध्यक्षमा विश्वराज पौडेल, द्वितीय उपाध्यक्षमा वसन्त गौतम, महासचिवमा विकास भट्टराई, कोषाध्यक्षमा रोशनजंग कार्की, सचिवमा भिष्मराज पौडेल, सहकोषाध्यक्षमा वैभव पौडेल निर्वाचित भएका छन् ।

त्यस्तै, कार्यसमिति सदस्यहरुमा लोकबहादुर गुरुङ, योगेश भट्टराई, विष्णु वानियाँ, विरेन्द्र शेरचन र लोकप्रसाद ढकाल चयन भएका छन् ।

You might also like

Comments are closed.