राइटपाथ करियर काउन्सिलिङ ९ वर्ष पुरा

काठमाडौं । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई परामर्श प्रदान गर्दै आएको राइटपाथ करियर काउन्सिलिङले ९ वर्ष पुरा गरेको छ । दशौं वर्ष प्रवेशको अवसरमा राइटपथले बिशेष कार्यक्रम गरि वार्षिकोत्सव मनाएको छ ।

काठमाडौंको पुतलीसडकमा मुख्य कार्यालयसहित बानेश्वर, कीर्तिपुर, ललितपुर, चितवन, हेटौँडा, दाङ, बुटवल, धनकुटा र इटहरीमा शाखा सञ्चालन गर्दै आएको राइटपाथले बेलायत, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा, माल्टा, युएई र अमेरिका अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको छ ।

वार्षिकोत्सव कार्यक्रममा बोल्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराईले राइटपाथलाई शुभकामना दिँदै राइटपथले सहि तरिकाले उत्कृष्ट परामर्श सेवा प्रदान गर्दै लोकप्रिय र विश्वसनीय बन्न सफल भएको बताए ।

राइटपाथका सिइओ फिलिप डिसीले वार्षिकोत्सवको अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक र शुभचिन्तकहरूलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्ने वताए ।

कार्यक्रममा संस्थाकी ब्राण्ड एम्बेस्डर अस्मि श्रेष्ठ, इक्यानका पदाधिकारी तथा सदस्य, विद्यार्थी तथा अभिभावको उपस्थिती थियो ।

 

You might also like

Comments are closed.