६३ युनिट रगत सङ्कलन

लेखनाथ । पोखरा महानगरपालिका–२७ रिठेपानीस्थित राइजिङ्ग स्टार युथ क्लबले आयोजना गरेको खुल्ला रक्तदानमा ६३ युनिट रगत सङ्कलन भएको छ ।

क्लबका अध्यक्ष तिलबहादुर गुरुङको अध्यक्षतामा बिहिबार क्लबको वार्षिक कार्यक्रम अन्तर्गत रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।

पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले युवाहरुले विकृति र विसंग·तिबाट टाढै बसी समाज परिवर्तनका लागि काम गर्न सुझाव दिए । क्लबको सक्रियताको प्रशंसा गर्दै स्थानीय स्तरको विकास निर्माणमा युवाको सहभागिता रही रहने विश्वास व्यक्त गरे । क्लबका पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले रक्तदानको महत्व र उपयोगिताका बारेमा जानकारी गराएका थिए ।

रक्तदान जीवन दान जीवन दान महादान भन्ने मुल नाराका साथ सुरु भएको कार्यक्रममा स्थानीय समाजसेवी जगबहादुर गुरुङ, क्लबका निवर्तमान अध्यक्ष यमप्रसाद गुरुङ, वडा सदस्य जितेन्द्र क्षेत्री, प्रगतिचोक आमा समाजकी अध्यक्ष देवीमाया गुरुङ लगायतले रक्तदानको महत्व र उपयोगिताका बारेमा आफ्ना भनाइ राखेका छन् ।

क्लबको हालैमात्र कार्यसमिति पुनर्गठन समेत गरिएको छ । पुर्नगठित समितिको अध्यक्षमा तिलबहादुर गुरुङ, उपाध्यक्ष सुजन गुरुङ, कोषाध्यक्ष किरण गुरुङ, सचिव अर्जुन सापकोटा, सहसचिव कपिल गुरुङ रहेका छन् । यसैगरी सदस्यहरुमा अनिष विक, चित्र गुरुङ, इश्वर खत्री, भीम गुरुङ र प्रिजन पोखरेल रहेका छन् ।

You might also like

Comments are closed.