पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)द्वारा पोखरामा आयोजना गरिएको ‘वाडा अटो शो २०२५’ मा रिता अटोमोबाइल्स प्रा.लि.को स्टल उत्कृष्ट स्टल बनेको छ । विभिन्न क्याटागोरी मध्ये कम्पोनेन्टतर्फ रिता अटोमोबाइल्स प्रा.लि.को स्टल उत्कृष्ट स्टल घोषणा भएको हो ।
आफ्ना विभिन्न प्रोडक्टहरु रिता अटोमोबाइल्स प्रा.लि.ले उत्कृष्ट सजावटसहित प्रदर्शनीमा राखेको थियो । उत्कृष्ट स्टल छनोट हुँदा खुसी लागेको प्रालिका सञ्चालक नवराज भुसालले बताए ।
आइतबार अटो शोको समापन समारोहमा रिता अटोमोबाइल्स प्रा.लि.लाई बेस्ट स्टलको उपाधि नाडा अध्यक्ष करण चौधरी र वाडा अध्यक्ष दिपेन्द्र कोइरालाले हस्तान्तरण गरे ।
यो समूहले विभिन्न ब्राण्डका स्पेयर्स पार्टसहरूको आयात र आरएपिएल ब्रान्डको लुब्रिकेन्ट नेपालमै उत्पादन गर्दै आइरहेको छ ।
Comments are closed.