‘शिक्षक, फाउन्डरहरुले आमाको भूमिका खेल्नुपर्यो’

रीतु पौडेल, प्रिन्सिपल, लिटल गार्डेन मन्टेश्वरी

लिटल गार्डेन मन्टेश्वरी लेखनाथलमा हामीले वर्षेनी वसन्त पञ्चमी (सरस्वती) पूजाको दिन विशेष कार्यक्रम गर्दै आइरहेका छौं । यस भन्दा पहिला आँखा शिविर र डेन्टिस्टहरुलाई बोलाएर दाँतहरु चेकअप गराउने लगायतका गतिविधि गर्दै आइरहेका थियौं । यसपटक हामीले हवन कार्यक्रम राखेका छौं ।

जतिपनि नयाँ भर्नाका लागि बच्चाहरु आउँछन् उनीहरुलाई हवनमा उपस्थित गराउँछौं । बच्चालाई मन्टेश्वरीमा भर्ना गर्दा सबैभन्दा पहिला क्वालिटीकै कुरा आउँछ । त्यसभित्र बालमैत्री हुनुपर्यो, ल्याबको सुविधाहरु हुनुपर्यो, सरसफाइको कुराहरु हुन जरुरी छ ।

कुनै पनि बालबालिका मन्टेश्वरी आउँदा आमाको काख छोडेर दोस्रो काखमा आउने हो । हामीले बच्चाहरुका लागि आवश्यक सम्पूर्ण पक्षलाई ध्यानमा राखेर पठन पाठनको व्यवस्था गरेका छौं । बालमैत्री वातावरण तय गर्न हामी सफल छौं ।

शिक्षक, फाउन्डरहरुले मन्टेश्वरीमा आमाको भूमिका खेल्नुपर्छ । त्यसका साथै म्यूजिक, डान्सका कुराहरु, ल्याबको सुविधाहरुका साथै एक्स्ट्रा एक्टिभिटिजका कुराहरु मन्टेश्वरीहरुमा अनिवार्य हुन जरुरी छ । अहिले हाम्रो मन्टेश्वरीमा शिक्षक कर्मचारी गरी २१ जना आवद्ध छौं ।

(बसन्त पञ्चमीका अवसरमा लिटल गार्डेन मन्टेश्वरीका प्रिन्सिपल रीतु पौडेलसँग गरिएको कुराकानीमा आधारित)

lcci
You might also like

Comments are closed.