रिभर फल्सको आइपिओ भर्ने आज अन्तिम दिन, अहिले सम्म कति आयो आवेदन ?

काठमाडौं ।  रिभर फल्स पावर लिमिटेडको आइपिओमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।बैशाख २८ गतेबाट निष्काशन भएको आइपिओमा आवेदन दिने आज अन्तिम दिन हो ।

यो आइपिओमा आवेदन दिन आज अपरान्ह ५ः३० बजेभित्र लगानीकर्ताले आफ्नो बैंक खाता रहेको बैंकको कुनै पनि शाखामा गई सिआस्बा मार्फत वा मेरोशेयरको माइआस्बा मार्फत आवेदन दिइसक्नु पर्नेछ ।

बैशाख २८ गतेबाट निष्काशन भएको रिभर फल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा चौथो दिन जेष्ठ ४ गते विहान १०ः०० बजे सम्म ७.५५ गुणाले ओभर सब्सक्राइब भएको छ ।

MANASLU

२७ लाख ३० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख ३६ हजार ५ सय कित्ता तथा कर्मचारीलाई २ प्रतिशत बराबर ५४ हजार ६ सय कित्ता छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ता शेयर निष्काशन गरिएकोमा निष्काशनको तेश्रो दिन विहान १० बजेसम्म १६ लाख ५७ हजार ९१ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ९१ करोड ७१ लाख रकम बराबरको १ करोड ९१ लाख ७१ हजार कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो । आइपिओ निष्काशनका लागि गराएको रेटिङ्गमा यो कम्पनीलाई रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले “केयर एनपि डबल बि माइनस आइएस” रेटिङ्ग ग्रेड प्रदान गरेको छ ।

उक्त रेटिङ्ग ग्रेडले यो कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्दछ । यो आइपिओमा लगानी गर्न चाहने लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

 

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...