नेपालगञ्जमा ‘अस्फाल्ट’ प्रविधिमा सडक कालोपत्र गरिँदै

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतका सडक कालापत्रे गर्दा ‘अस्फाल्ट’ प्रविधि अपनाइएको छ ।

उपमहानगरपालिकाको वडा नं १८ स्थित भाटभटेनीदेखि पश्चिम श्रीनगर टोलसम्म दुई सय ७० मिटर र प्रहरी तालिम केन्द्र पश्चिम सगरमाथा स्कुल हुँदै दीपनगरटोसम्म एक मिटर सडक कालोपत्र गरिएको हो ।

उपमहानगरका भित्री तथा बाइपास सडकमा उक्त प्रविधि प्रयोग गरी कालोपत्र गरिएको वडा नं १८ का वडाध्यक्ष दीपक वर्माले जानकारी दिए । उपमहानगरपालिकाको सोल्टी होटेल, लग्दहवा हुँदै बाइपास रोडको दुई किलोमिटर सडकमा अस्फाल्ट प्रविधिमार्फत कालोपत्र गरिएको छ ।

विभिन्न टोलमा थप कालोपत्र, पिसीसी तथा आरसीसी नालासहित माटो ग्राबेलको काम जारी रहेको वडाध्यक्ष वर्माका भनाइ छ ।स्थानीय पुष्पलालचोकदेखि जमुनाह सडक कालापत्रे गर्न पनि अस्फाल्ट प्रविधि अपनाइएको छ ।

सडक डिभिजन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर जनकबहादुर धामीले काम गर्न सजिलो र लामो समयसम्म टिक्ने कालोपत्र हुने भएकाले नयाँ अस्फाल्ट प्रविधिको प्रयोग गरिएका बताए ।उनले यस प्रविधिमार्फत गरिएको कालोपत्र सडक कम्तीमा सात वर्षसम्म टिकाउ हुने बताए ।

You might also like

Comments are closed.