काठमाडौं । सवारीसाधनको ग्राउन्ड क्लियरेन्स कम हुँदा सडकमा ठोक्किने, स्पिड ब्रेकरमा छुने तथा खराब बाटोमा हल्लिने समस्या बढ्दै गएको सन्दर्भमा रोजरएब (Rogerab) नामक आफ्टर–मार्केट एसेसरिजको माग तीव्र रूपमा बढ्दै गएको छ । रोजरएब कार केयर लाउन्ज प्रालिले बजारमा ल्याएको यो उत्पादन गाडीको ग्राउन्ड क्लियरेन्स बढाउन र रफ तथा कच्ची सडकमा पनि सहज ड्राइभिङ अनुभव दिन प्रभावकारी मानिएको छ ।
कम्पनीका अनुसार रोजरएब हाई–ग्रेड सिलिकनबाट बनेको गुणस्तरीय उत्पादन हो, जसमा पाँच वर्षको ग्यारेन्टी दिइएको छ। गाडीको चारवटै सस्पेन्सन क्वाइलमा करिब ३० मिनेटमै जडान गर्न सकिने यो उत्पादन जडान गरेपछि गाडीका अन्य पार्ट्समा कुनै नकारात्मक प्रभाव नपर्ने बताइएको छ। कम्पनीले यो सर्टिफाइड प्रोडक्ट भएको दाबी गरेको छ र पाँच वर्षभित्र कुनै समस्या आएमा प्रतिस्थापन गर्ने व्यवस्था रहेको जनाएको छ।
रोजरएब जडान गरेपछि गाडीको ग्राउन्ड क्लियरेन्स एकदेखि डेढ इन्चसम्म बढ्ने भएकाले सडकमा ठोक्किने तथा स्पिड ब्रेकरमा छुने समस्या न्यून हुने कम्पनीको भनाइ छ। साथै अफरोड तथा खराब सडकमा गाडी चलाउँदा हुने हल्लिने र जर्क हुने समस्या समाधान हुने, सस्पेन्सन बिग्रनबाट जोगिने र ह्यान्डलिङमा समेत सुधार आउने बताइएको छ। यसले कच्ची तथा असमतल सडकमा पनि चालकलाई सहज र सुरक्षित अनुभव प्रदान गर्ने दाबी गरिएको छ।
यो उत्पादन भारतको रोज कम्पनीले निर्माण गरेको प्याटेन्टेड प्रोडक्ट हो, जसलाई अन्य कम्पनीले कपी गरेर उत्पादन गर्न नपाउने कम्पनीको भनाइ छ। भारतबाट विभिन्न देशमा निर्यात हुँदै आएको यो उत्पादन नेपालमा पनि सफल परीक्षण र जडान भइरहेको छ भने हाल यसको डिलर नेटवर्क विस्तारको क्रममा रहेको जनाइएको छ।
ग्राउन्ड क्लियरेन्स कम भएका गाडी मात्र नभई कम्फर्ट बढाउन चाहने जुनसुकै लाइट प्यासेन्जर भेइकलमा रोजरएब जडान गर्न सकिने बताइएको छ। कम्पनीका अनुसार यो उत्पादन सातवटा फरक साइजमा उपलब्ध छ, जसले कारदेखि जिपसम्म कभर गर्छ। साथै ३० दिनको ‘वाइ–ब्याक’ वारेन्टी समेत दिइएको छ।
विशेषगरी इलेक्ट्रिक भेइकल (EV) मा ब्याट्री तल्लो भागमा हुने भएकाले ग्राउन्ड क्लियरेन्सको विषय संवेदनशील हुने गर्छ। यस्तो अवस्थामा रोजरएब EV का लागि झनै उपयोगी हुने कम्पनीको दाबी छ। हाल टोयोटाको आधिकारिक सर्भिस सेन्टरले समेत यसको प्रयोग सुरु गरिसकेको छ भने अन्य ब्रान्डहरूसँग पनि सहकार्यको प्रयास भइरहेको बताइएको छ।
कम ग्राउन्ड क्लियरेन्सका कारण दैनिक प्रयोगमा समस्या भोगिरहेका सवारीधनीहरूका लागि रोजरएब व्यवहारिक र दीर्घकालीन समाधानका रूपमा देखिन थालेको छ।




Comments are closed.