रोटरी क्लब अफ पोखरा क्यापिटलको संस्थापक अध्यक्षमा सन्तोष शाही

चार्टर प्रेजेन्टेसन तथा पहिलो पदास्थापन कार्यक्रम सम्पन्न

पोखरा । रोटरी क्लब अफ पोखरा क्यापिटलको चार्टर प्रेजेन्टेसन तथा पहिलो पदास्थापन कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ पोखरा न्यूरोडको स्पोन्सरमा पोखरामा नयाँ क्लब रोटरी क्लब अफ पोखरा क्यापिटल स्थापना भएको हो । पोखरामा रहेका विभिन्न पेशा, व्यवसाय र उमेर समूहका २३ जना संस्थापक सदस्य रहेको क्लबको संस्थापक अध्यक्ष सन्तोष शाही चयन भएका छन् ।

विभिन्न पेशा, व्यवसायमा लागेका व्यक्तिहरुको विश्वव्यापि सञ्जाल मानिने रोटरी क्लबले मानवहितका लागि काम गर्दै आइरहेको छ । रोटरी क्लबमा संसारभर १४ लाख सदस्य आबद्ध छन् । पोखरामा यो क्लब दशौं क्लब बनेको छ ।

रोटरी क्लबले यहाँका सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसँग सहकार्य गर्दै मानवसेवाका लागि काम गर्दै आइरहेको छ । रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष दीपेन्द्र शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर राजेन्द्रमान शेरचन र विशेष अतिथि निवर्तमान गभर्नर राजेन्द्र प्रसाद ध्वजू लगायतले सामाजिक क्षेत्रमा रोटरीले पुर्याएको योगदानको चर्चा गरे ।

कार्यक्रममा गभर्नर रोजेन्द्रमान शेरचनले नयाँ सदस्यहरुलाई रोटरीको सपथ गराउँदै रोटरी पिन हस्तान्तण गरेका छन् । कार्यक्रममा रोटरी ३२९२ का पूर्व गभर्नरहरु सञ्जय गिरी, किरणलाल श्रेष्ठ, सन्तोष रिजाल, जितेन्द्र बहादुर राजभण्डारी, आगामी वर्षका गभर्नर विनोद कोइराला र क्लब एड्भाइजर टुवराज बास्तोला लगायतले बोलेका थिए ।

कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२३२ का अफिसरहरु, असिस्टेण्ट गोभर्नर र पोखरा रहेका पुराना ९ ओटा क्लबका अध्यक्ष लगायत रोटरी सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य देवीप्रसाद वस्ताकोटीले र धन्यवाद ज्ञापन रमेश बरालले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव विजय बरालले गरेका थिए ।

You might also like

Comments are closed.