ललितपुर । ललितपुरमा स्तन क्यान्सर स्क्रिनिङ क्याम्प सञ्चालन भएको छ । ललितपुर महानगरपालिका वडा नम्बर १६ र रोटरी क्लब अफ पाटन हेरटेजको सहकार्यमा स्तन क्यान्सर स्क्रिनिङ क्याम्प आयोजना गरिएको हो । निःशुल्क आयोजना गरिएको क्याम्पबाट स्थानीय महिलाहरू लाभान्वित भएका छन् ।
वडा स्वास्थ्य कार्यालय समिति धौगल बजारमा यही कात्तिक २२ गतेदेखि सुरु भएको क्याम्प तीन दिनसम्म चलेको क्लबले जनाएको छ ।
आजसम्म करिब १४० जनाले सेवा लिएको क्लबका अध्यक्ष प्रदीप श्रेष्ठले जानकारी दिए । उनका अनुसार सेवाग्राहीको चाप बढेपछि पुनः बुधबार र बिहीबार दुई दिन क्याम्पको समय थप गरिएको छ ।
क्लबले सामाजिक क्षेत्रमा विविध कार्यक्रम गर्दै आइरहेको छ ।









Comments are closed.