स्वयम्भु क्षेत्रमा वृक्षरोपण

काठमाडौं । रोटरी क्लब अफ कपनले काठमाडौंको स्वयम्भु क्षेत्रमा वृक्षरोपण कार्यक्रम गरेको छ । वातावरण संरक्षण र हरियाली बनाउने उद्धेश्यले क्लबले वृक्षरोपण कार्यक्रम गरेको हो ।

क्लबका अध्यक्ष प्रल्हाद दाहालले रोटरीले यस्ता किसिमका धेरै सेवामूलक कार्यक्रम गर्दै आइरहेको बताउँदै आफ्नो क्लबले पनि सो क्षेत्रमा साथ दिने जनाए । आगामी दिनमा बृहत् रुपमा गर्दै जाने क्लबका सचिव दिपक चन्द्र गौतम बताउँछन् ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू डा. राजु कोन्दन लामा र मनोज कुमार घिमिरे, सचिव दीपकचन्द्र गौतम, उपाध्यक्ष रामभक्त दाहाल, इलेक्ट प्रेसिडेन्ट मन्जु श्रेष्ठ, बोर्ड अफ डाइरेक्टर टिकाप्रसाद घिमिरे लगायत सहभागी थिए । वृक्षरोपण अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा पनि यसलाई अभियानका रूपमा अघि बढाइने क्लबले जनाएको छ ।

रोटरी इन्टरनेशनलका विभिन्न शाखा (क्लब) मार्फत क्लबहरू सक्रिय रहेर शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सेवा जस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्व वहन गर्दै आएका छन् । रोटरी इन्टरनेशनलले विश्वव्यापी वातावरण संरक्षण अभियानअन्तर्गत नेपालभरका रोटरी क्लबमार्फत वृक्षरोपण कार्यक्रम सञ्चालन गरेको छ ।

सो अभियान अन्तर्गत विभिन्न स्थानमा रहेका क्लबले आफ्ना स्थान अनुसारको क्षेत्रमा वृक्षरोपण गरी हरित वातावरण निर्माणमा योगदान दिएका छन् ।

You might also like

Comments are closed.