काठमाडौं । रोटरी क्लब अफ पाटन हेरिटेजले राष्ट्रिय सङ्ग्रहालय छाउनी परिषरमा वृक्षरोपण गरेको छ । वातावरण संरक्षण र हरियाली बनाउने उद्धेश्यले छाउनी परिषरमा हेरिटेजले वृक्षरोपण गरेको जनाएको छ ।
वृक्षरोपण कार्यक्रममा सांसद तथा पूर्व युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले खुल्ला क्षेत्रमा फलफूलका बिरुवा लगाउन सके आयात कम गर्न सकिने बताए । उनले खुल्ला क्षेत्रमा फल लिने विरुवाहरु रोप्दा आयात निर्यातमा सन्तुलन हुनुका साथै अर्थतन्त्रमा टेवा पुर्याउने बताए । खाली जमिनमा फल दिने विरुवा रोपेर शहरी हरियाली प्रवद्र्धन गर्न समेत सांसद श्रेष्ठको आग्रह छ ।
रोटरी क्लब अफ पाटन हेरिटेजका अध्यक्ष प्रदिप श्रेष्ठले यो कार्यक्रम मानव समुदाय र प्रकृतिको लागि अत्यन्त महत्वपूर्ण रहेको बताए । यसले नयाँ पुस्तालाई जिम्मेवार नागरिक भएर पर्यावरण संरक्षणमा अग्रसर बन्न प्रेरणा दिनेछ भन्ने विश्वास लिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
Comments are closed.